२०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024

ओखलढुंगा एमालेले टुंगो लगायो उम्मेद्वार

Thumbnail
  • २०७९ बैशाख ११, आईतबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा– नेकपा एमालेले जिल्लाको आठैवटा स्थानीय तहको उम्मेद्वारको टुंगो लगाएको छ । जिल्ला कमिटिले सिफारिश गरेको उम्मेद्वारहरुको नामावाली मध्येबाट प्रदेश कमिटिले शनिबार राती नै सबै स्थानीय तहका प्रमूख र उपप्रमूख लगायतको उम्मेद्वारको टुंगो लगाएको हो ।

    सिद्धिचरण नगरपालिकाको प्रमूखमा इच्छाकुमारी गुरुङ र उपप्रमूखमा केदारबाबु बस्नेत उम्मेद्वार छन् । मानेभन्ज्याङ गाउँपालिकाको प्रमूखमा रुपलाल तामाङ र उपप्रमूखमा अम्मता राई छन् । सुनकोशी गाउँपालिकाको प्रमूखमा सुनिल खड्का छन् । उपप्रमूखमा सरस्वती कार्की  तारा छन् ।

    चिशंखुगढी गाउँपालिकाको प्रमूखमा अशोक थापा र उपप्रमूखमा सुस्मा राई छन् । मोलुङ गाउँपालिकाको प्रमूखमा उत्तम राई र उपप्रमूखमा उर्मिला खतिवडा छन् । खिजिदेम्बाको प्रमूखमा रामबहादुर खत्री र उपप्रमूखमा कमला सुनुवार छन् ।

    त्यसैगरि चम्पादेवीमा प्रमूखमा खड्गबहादुर कार्की र उपप्रमूखमा सविला घिमिरे खतिवडा छन् । लिखु गापाको प्रमूखमा मिलन विष्ट र उपप्रमूखमा अस्मिता थापा रहेका छन् । चिशंखुगढीको उपाध्यक्ष पदमा अन्य आकांक्षी भएकोले सहमति हुनसक्ने सम्भावना रहेको स्रोतले जनाएको छ ।

    त्यसैगरि केही पालिकामा साना दलसँग गठबन्धनको सम्भावना अझै भएकोले उपाध्यक्ष पद छोडेर गठबन्धन हुनसक्ने एक नेताले बताए । टुंगो लागेको उम्मेद्वारहरुले आईतबार निर्धारित समयमै मनोनयन दर्ता गर्ने तयारी गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस