२०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024

एमालेका उम्मेद्वार विरुद्ध उजुरी

  • २०७९ बैशाख १३, मंगलबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा– लिखु गाउँपालिकामा एमाले पार्टीबाट अध्यक्ष पदमा मनोनयन दर्ता गरेका मिलन विष्ट विरुद्ध मंगलबार उजुरी परेको छ । उनले ओखलढुंगा ठेगाना राखेर काठमाण्डौबाट मिलन विष्ट नाममा र ओखलढुंगाबाटै होमबहादुर विष्टको नाममा दोहोरो नागरिकता लिएको भन्दै उजुरी परेको हो ।

    त्यसैगरि उनको बैंकिङ कसुर सम्बन्धि मुद्दा समेत जिवितै रहेको उजुरीमा दाबी गरिएको छ । लिखु गाउँपालिकाका निर्वाचन अधिकृत राजेशकुमार थापाले उजुरी परेको पुष्टि गरे । उनले उजुरी सम्बन्धमा थप अनुसन्धान भईरहेको र भोली सम्म उजुरी लिने म्याद रहेकोले यसको निर्णय आउन दुई दिन समय लाग्ने बताए ।

    काँग्रेसबाट अध्यक्षकै प्रत्यासीको रुपमा मनोनयन दर्ता गरेका अशोक कार्कीले उजुरी दिएका हुन् । यस सम्बन्धमा प्रतिक्रिया लिन खोज्दा विष्टले आफू व्यस्त रहेको भन्दै पछि कुरा गर्ने बताए ।

    इकान्तिपुरबाट साभार

    प्रतिक्रिया दिनुहोस