२०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024

नेकपा एसका माेलुङमा काे काे छन्, उम्मेदवार ?

  • २०७९ बैशाख १६, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- नेकपा एकिकृत समाजवादी माेलुङमा जिल्ला उप सचिव दिपक फुयलकाे नेतृत्वमा चुनावी मैदानमा हाेमिएकाे छ । विद्यार्थी राजनितिबाट पार्टी राजनीतिमा आएका उनी पार्टीकाे पहिलाे चुनाव फेस गर्दैछन् ।

    युवामाझ लाेकप्रिय उनी बाैद्धिक र तार्किक नेताका रुपमा परिचित छन् । उनी भन्छन्, ‘धेरै मतदाताले असल र शिक्षितलाई मत दिने भनेका छन् याे पटक उम्मेदवारकाे मात्रै हाेइन आदर्शका कुरा गर्ने मतदाताकाे राेजाइकाे परिक्षणकाे समय आएकाे छ ।’

    व्यक्ति हेरेर स्थानीय तहमा असल मान्छे पठाउनु पर्ने मत जाहेर गर्ने बाैद्धिक क्षेत्रका व्यक्ति र शिक्षित मतदाताले गलत भए पनि पार्टी नै छान्छन् कि व्यक्ति त्याे चाँही निर्वाचनकाे मत परिणामले देला ।

    नेकपा एसले जनजाति समुदायकी अन्जना तामाङलाई उप प्रमुख  उम्मेदवार बनाएकाे छ । ३ वडामा टिमसहित उम्मेदवार बनाएकाे नेकपा एसले वडा नं ५ मा  अखिल फाेर्सका जिल्ला संयाेजक किसान खत्री चुनावी मैदानमा छन् ।

    वडा नं ७ मा पूर्व शिक्षक गुञ्जबहादुर सुनुवार र वडा नं १ मा बम बहादुर तामाङ छन् । रणनीतिक हिसाबले चुनावी अिभयान चलाइरहेकाे नेकपा एस हल्ला भन्दा मतदातामाझ बढी पुग्ने याेजनामा रहेकाे अध्यक्षका प्रत्यासी फुयल बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस