२०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024

चिशंखुगढीमा कलम बाहक शारदा र कृष्णबहादुर

  • २०७९ बैशाख १६, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- चिशंखुगढीमा नेकपा एकिकृत समाजवादीले प्रदेश सदस्य शारदा निराैलालाई अध्यक्षमा उम्मेदवार बनाएकाे छ ।

    महिला नेतृत्व स्थापित गर्न एमालेबाट विद्राेह गरेर समाजवादी पार्टी निर्माणमा लागेकी निराैलाकाे नेतृत्वमा पार्टी चुनावमा गएकाे नेकपा एसका उपसचिव दिपक फुयलले बताए ।

    उनले महिलामैत्री, विभेद मुक्त र चिशंखुगढी बनाउन आफ्नाे उम्मेदवारी रहेकाे बताइन् । पालिकामा शुशासन कायम गर्ने स्वास्थ्य तथा माध्यमिक तहसम्मकाे शिक्षा पूर्ण निशुल्क बनाउने कृषि क्षेत्रलाई बजेट तथा नीति निर्माणमा प्रथामिकतामा राखेर काम गर्ने पनि प्रतिबद्धता जनाएकी छिन् ।

    त्यस्तै उपाध्यक्षमा युवा स‌ंघका केन्द्रीय सदस्य कृष्ण बहादुर भूजेल उम्मेदवार बनेका छन् । उनी भदाैरेका हुन् । युवालाई राजनीतिमा सेवा भावमा लाग्न प्रेरित गर्न, युवामैत्री विकास तथा क्षमता विकासका याेजना ल्याउन आफु उम्मेदवार भएकाे उनले बताए ।

    मतदाता भेटघाटमा दुवै उम्मेदवार घरदैलाेमा जुटेका छन् । पार्टी र असल विचार निर्माण गर्न र असल विचारकाे असल नेतृत्व स्थापित गराउन नेकपा एसले शीर्ष नेतृत्व सबैलाई चुनावी मैदानमा उतारेकाे छ । जिल्ला इञ्चार्ज नेत्र भट्टराई नै लिखुबाट अध्यक्षकाे पदमा चुनावी प्रतिस्पर्धामा छन् ।

     

    प्रतिक्रिया दिनुहोस