२०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024

सुनकाेसी: नेताका गाउँमा ‘बागी’काे बिगविगी, कमल तामाङकाे वडामै एमाले सर्वसम्मत

  • २०७९ बैशाख १६, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- सुनकाेसी गाउँपालिकामा नेताका वडामा धेरै बागी उम्मेदवार देखिएका छन् । काँग्रेसका जिल्ला र प्रदेश स्तरका नेताहरु र उम्मेदवारकै गाउँमा बागी धेरै देखिएका हुन् । त्यस्तै एमाले उम्मेदवारका गाउँमा पनि बागी छन् ।

    धेरै बागी कांग्रेसका छन् । प्रदेश सदस्य कुमार लुइटेलकाे वडामा काँग्रेसका वडा सचिव दुर्गा जेराेले वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यस्तै वडा नं ७  च्यानममा असन्तुष्ट काँग्रेस र एमालेका कार्यकर्ताहरुकाे समर्थनमा काँग्रेसकै दुर्गा राय  वडा अध्यक्षमा बागी उम्मदवार बनेका छन् ।

    वडा नं ८ च्यानममा  च्यानम-काठमाण्डाैं सम्पर्क समितिका सभापति हिरा कट्वाल वडा अध्यक्षका उम्मेदवार बनेका छन् । १० नम्बरमा काँग्रेसका क्षेत्रीय प्रतिनिधी ओम धमला वागी उम्मेदवार छन् ।नेताहरुले आफू निकटका मान्छेलाई टिकट दिएपछि असन्तुष्टि बढेकाे हाे । बागीले काँग्रेसलाई टाउकाे दुखाइकाे विषय बनेकाे छ ।

    प्रतिक्रिया दिनुहोस