२०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024

उपप्रमूखमा उम्मेद्वार बन्दै राजनीतिमा फर्किन् आशा

  • २०७९ बैशाख २२, बिहिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा– सत्ता साझेदार पार्टीहरुबिच गठबन्धन हुन नसकेपछि चम्पादेवी गाउँपालिकामा काँग्रेस, एमाले र माओवादी केन्द्रले आ–आफ्नै उम्मेद्वार चुनावमा उठाएका छन् ।

    प्रमूखमा काँग्रेसका नवराज केसी र उपप्रमूखमा कुशा मगर उम्म्देवार छन् । एमालेमा खड्गबहादुर कार्की र दिलमाया मगर उम्मेद्वार छन् । माओवादी केन्द्रबाट झलकमान तामाङ र आशा राई छन् । एकीकृत समाजवादीको तर्फबाट कमल खड्का प्रमूखमा र स्वतन्त्र उम्मेद्वारको रुपमा उपप्रमूखमा फत्त बोगटी छन् ।

    यसअघि निर्वाचित चम्पादेवीकी उपप्रमूख निर्मलादेवी रैका पनि निर्वाचित भईसकेपछि मात्र चर्चामा आएकी थिइन् । यसपटक पनि चम्पादेवीको उपप्रमूखका उम्मेद्वारहरु नयाँ नाम छन् । त्यसमध्ये माओवादी केन्द्रकी उपप्रमूखकी उम्मेद्वार आशा राई राजनीतिमा सक्रिय नेतृ हुन् । स्वास्थ्य समस्याको कारण लामो समय भूगोलको राजनीतिमा नदेखिएकी उनी पुन: उपप्रमूखको उम्मेद्वारी सहित जिल्लामा देखिएकी छन् ।

    विद्यालयमा शिक्षण, जनजाति उत्थान संस्थाकी अध्यक्ष, स्वरोजगार कोषको जिल्ला समन्वय सचिव जस्ता पदमा रहेर सामाजिक काममा सक्रिय भईन् । लामो समय रगतसँग सम्बन्धित आईटिपि र प्यारलाईसका कारण लामो समय भारत र नेपालमा उपचाररत भएकीले जिल्लाको राजनीतिमा केही ओझेलमा परिन् ।

    संगठनको हिसाबले चम्पादेवीमा माओवादीले जितको दाबी गरिरहेको छ । तर यसअघिको निर्वाचनको मत हेर्ने हो भने जितका लागि संघर्ष गर्नुपर्ने देखिन्छ ।

    को हुन् त आशा राई ?

    आशा राई २०४४ सालमा ओखलढुंगाको राँगादिप गाविस हाल मोलुङ गाउँपालिका ८ मा जन्मिएकी हुन् । आमा भिममाया राई र बुवा शान्त वहादुर राईकी कान्छी छोरी हुन् आशा । उनका बुवा शान्तबहादुर राई पूर्व ब्रिटिश सेना थिए । उनी पंचायती शासन विरुद्ध लागे । विपि कोईरालाको सुरक्षा गार्ड भएर लामो समय काम गरे ।

    २०३१ सालको टिम्बुरबोटे कान्डमा उनी कांग्रेसको सेना र ईन्टेलिजेन्समा काम गर्थे । त्यस घटनापछि राई विपि संगै वनारस गएर वसे । त्यहि उनले ज्योतिष विद्या समेत सिकेका थिए । २०४६ सालमा बहुदल आएपछि जनतालाई धोका दिएको भन्दै राई कांग्रेसको राजनीतिमा निस्क्रिय भए ।

    २०५२ पछि माओवादिले जनयुद्ध शुरु गर्‍यो । छोराछोरीहरुलाई जनयुद्ध मा लाग्न उनले प्रेरित गरे । जस पश्चात उनका ३ वटै छोरा जनयुद्धमा होमिए । दाईहरु जनयुद्धमा होमिएको कारण आशाले सानैमा राजनीति बुझ्न थालिन् ।

    २०६० साल देखि विद्यार्थी संगठन र कलाकार संगठनमा वसेर काम गरिन । जनयुद्धमा परिवार नै लागेको कारण विद्यालय तहको पठनपाठन प्रभावित भयो । कहिले उदयपुर, कहिले काठमाडौं ,कहिले वरुणेश्वर रामपुर पढ्दै विगुटार मावि वाट एसएलसी, वरुणेश्वर उच्चमावि वाट आईएड ,ओखलढुंगा क्याम्पस वाट विएड गरेकि राईले त्रिभुवन विश्वविद्यालय वाट ग्रामिण अर्थशास्त्र मा २०७४ मा एम ए पास गरिन् ।

    विद्यालयमा शिक्षण, जनजाति उत्थान संस्थाकी अध्यक्ष, स्वरोजगार कोषको जिल्ला समन्वय सचिव जस्ता पदमा रहेर सामाजिक काममा सक्रिय भईन् । लामो समय रगतसँग सम्बन्धित आईटिपि र प्यारलाईसका कारण लामो समय भारत र नेपालमा उपचाररत भएकीले जिल्लाको राजनीतिमा केही ओझेलमा परिन् ।

    निडर हक्कि स्वाभावकी आशा जिल्ला पार्टीको सदस्य हुँदै हाल काठमाडौं सम्पर्क मञ्च कोषाध्यक्ष छन् । उनका श्रीमान बिनोद सुनुवार समेत माओवादी पार्टीका नेता हुन् ।

    प्रतिक्रिया दिनुहोस