२०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024

माहाैल बनाउँदै तिलक र निर्मला, घरदैलाेमा सयाैं स्थानीय सहभागी

  • २०७९ बैशाख २४, शनिबार मा प्रकाशित २ साल अघि
  • ओखलढु‌ंगा- नेकपा एकिकृत समाजवादी, सिद्धिचरण नगरपालिकाका कलम चिन्हबाहक उम्मेदवारहरुले घरदैलाेबाट आफ्नाे पक्षमा माहाैल बनाउँन थालेका छन् । नगर प्रमुखका उम्मरेदवार तिलक लाेहनी, उपप्रमुखका उम्मेदवार निर्मला श्रेष्ठ तथा वडा अध्यक्ष र सदस्यका उम्मेदवाहरुले घरदैलाे शुरु गरेका छन् ।

    शनिबार वडा नं १ र २ मा घरदैलाे सकिएकाे नेकपा एसका जिल्ला अध्यक्ष हंशराज वाग्लेले जानकारी दिए । घरदैलाेमा स्थानीय उम्मेदवाहरुका साथमा उत्साहका साथ सहभागी भएर हाैसला बढाएकाे वाग्लेकाे भनाइ छ । वडा नं २ मा वडा अध्यक्षसहितका उम्मेदवारकाे अवस्था मजबुद रहेकाले चुनाव जित्ने दावी नेकपा एसकाे छ ।

    वाग्लेकाे नेतृत्वमा नगरपालिकामा घरदैलाे शुरु भएपछि नेकपा एसकाे पक्षमा माहाेल निर्माण भएकाे छ । सबै वडामा उम्मेदवार पुग्ने लक्ष्य सहित घरदैलाे शुरु भएकाे नगर उपप्रमुखका उम्मेदवार तथा नेकपा एसका उम्मेदवार निर्मला श्रेष्ठले बताइन् ।

    नगरपालिकामा एमाले, माओवादी-कां‍ग्रेस गठबन्धन र नेकपा एस बीच प्रतिस्पर्धा छ । जसपा पनि चुनावी मैदानमा छ । चुनावमा मेयरमा द्विपक्षिय गठबन्धन र एमाले तथा उप मेयरमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ । उप प्रमुखमा एमाले, गठबन्धन र नेकपा एसका उम्मेदवाबीच प्रतिस्पर्धा छ । गठबन्धन र एमाले उम्मेदवारसँग नेकपा एसका केन्द्रीय सदस्य निर्मला श्रेष्ठ चुनावि मैदानमा छन् ।

    दशकाैंदेखि राजनीति र समाजसेवामा सक्रिय रहेकी श्रेष्ठ गठबन्धन र एमालेका उम्मेदवार हाराहारि माहाैल निर्माण गरेर चुनावी मैदानमा छन् । त्रिपक्षिय प्रतिस्पर्धामा उनी मात्र  महिला उम्मेदवार भएकाे, पार्टीकाे केन्द्रीय सदस्य, नगरपालिकामा परिचित राजनीतिकर्मी भएकाले मतदाताले रुचाएका उम्मेदवारमा पर्छिन् ।

    गठबन्धनमा महिला नभएकाे, एमाले र गठबन्धनका असन्तुष्ट  नेता कार्यकर्ताहरुकाे साथ रहेकाले नगरपालिकामा श्रेष्ठ अब्बल प्रतिस्पर्धिका रुपमा मैदानमा रहेकाे नेकपा एसका जिल्ला उपाध्यक्ष मेख खड्का बताउँछन् । असन्तुष्ट अन्य दलका कार्यकर्ता र मतदाताकाे साथ उनले पाउने देखिएकाे छ ।

    प्रतिक्रिया दिनुहोस