२०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024

विद्यार्थी नेता फुयल स्थानीय तहकाे चुनावी मैदानमा

  • २०७९ बैशाख २५, आईतबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- ओखलढुंगाकाे विद्यार्थी आन्दाेलनका अगुवा नेता तथा नेकपा एस निकट अनेरास्ववियूका उप महासचिव दिपक फुयल स्थानीय तहकाे निर्वाचनमा हाेमिएका छन् । उनी माेलुङ गाउँपालिकाबाट  पालिका अध्यक्ष पदमा चुनावी मैदानमा छन् ।

    ३ वटा वडामा सेटसहित उम्मेदवारी दिएर पालिका प्रमुख र उपप्रमुखकाे पदमा प्रतिस्पर्धामा हाेमिएकाे नेकपा एसले माेलुङमा फुयल नेतृत्वमा चुनावी प्रतिस्पर्धामा छ ।

    युवा र विद्यार्थीबीच लाेकप्रिय नेताका रुपमा परिचित फुयल माेलुङमा संभावना बाेकेका नेता हुन् । उनले निर्वाचनमा विपक्षिले साेचेभन्दा धेरै मत प्राप्त गर्न सक्ने अनुमान छ । राजनीति र कुटनीतिमा चलाख युवाका रुपमा परिचित उनी स‌ंसदीय निर्वाचन भने पहिलाे पटक फेस गर्दैछन् ।

    स्वतन्त्र विद्यार्थी युनियन  र विद्यार्थी संगठनका चुनावमा सफलता हात पारेका उनी पार्टी राजनीतिमा भने कति सफल देखिन्छन् यही निर्वाचनले देखाउने छ ।

     

    प्रतिक्रिया दिनुहोस