२०८१ बैशाख २६, बुधबार | Wed, 08, May, 2024

माेलुङमा गठबन्धन भत्काउँदै प्रमुख, उप प्रमुखमा एमाले विजयी

  • २०७९ जेष्ठ ३, मंगलबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- माेलुङ गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । कांग्रेस माओवादीकाे गठबन्धन भत्काउँदै अध्यक्षमा नेकपा एमालेका उत्तम राई विजयी भएका छन् ।

    राईले ४ हजार ५२ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी गठबन्धनबाट काँग्रेस उम्मेदवार राजन दाहालले ३ हजार ४ सय ६२ मत पाएर उप विजेता बने ।  विजयी राईकाे मतान्तर ५९० रहेकाे छ । यस अघि एमालेले २६ मतले अध्यक्ष पद जितेकाे थियाे ।

    उपाध्यक्षमा पनि एमालेकि उर्मिला खतिवडा निर्वाचित भइन् । उनले प्रतिस्पर्धिलाई दाेब्बर बढी मतान्तरले पछि पार्दै उपाध्यक्ष जितेकी हुन् । खतिवडाले ४ हजार २ सय ल्याउँदा गठबन्धनबाट माओवादी केन्द्रका  कुलबहादुर खत्रीले २ हजार ९६ मत पाए । खतिवडाले दाेब्बर बढी २१०४ मतले जित्न सफल भइन् ।

    जिल्लामा सबैभन्दा धेरै मतान्तरमा विजयी हुने उनी पहिलाे जनप्रतिनिधी हुन् । वडामा पनि एमालेकाे बहुमत छ । ८ मध्ये ५ वडा एमाले र ३ नेपाली कांग्रेसले जितेकाे छ । माओवादी केन्द्रका सबै वडा अध्यक्ष र गठबन्धनकाे उपाध्यक्ष पराजित हुँदा माेलुङमा माओवादी क्लीन स्वीप भयाे ।

     

    प्रतिक्रिया दिनुहोस