२०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024

डुबानबाट विराटनगरका १५ सय परिवार विस्थापित, १ जनाको मृत्यु

  • २०७९ अषाढ १४, मंगलबार मा प्रकाशित १ साल अघि
  • माेरङ । मंगलबार बिहानैदेखि परेको अविरल वर्षाका कारण विराटनगरमा सयौँ घर परिवार विस्थापित भएका छन् । मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले दिएको जानकारी अनुसार विराटनगरको वडा नम्बर १, २, ४, ६, ७, ८, ११, १२, १६ र १९ नम्बर वडाका १ हजार ५ सय घरपरिवार डुबानमा परेका हुन् ।

    यस्तै सुन्दरहरैचा ६ गछिया खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दरहरैचा ६ कै ५८ वर्षीय रामबहादुर विक हुन् ।
    दाहालले दिएको जानकारी अनुसार सुनवर्षी नगरपालिका, केराबारी गाउँपालिका, बेलबारी नगरपालिका, कटहरी गाउँपालिका, ग्रामथान र बुढीगंगा गाउँपालिकाका कतिपय वस्तिहरु पनि बाढीका कारण कटान र डुबानको समस्यामा परेको बताए ।

    जसका कारणले सयौं घर परिवार विस्थापित भएका छन् । उनीहरुलाई उद्धार र राहतको काम अहिले पालिकाहरुले गरिरहेको र जिल्ला प्रशासन कार्यालयले दैवि प्रकोप उद्धार समितिको आकस्मिक बैठक बोलाएको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस