२०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024

प्रहरीकाे आँखा छलेर विप्लवकाे मशाल जुलुस !

  • २०७९ अषाढ ३०, बिहिबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- प्रहरीकाे आँखा छलेर विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी निकट विर्द्याथी संगठनले सदरमुकाम ओखलढुंगामा बुधबार साँझ सदरमुकाम ओखलढुंगामा महाल जुलुस निकालेकाे छ । गणेशस्थानमा मशाल  बालेर काेण सभा आयाेजना गरेका थिए ।

    समयमा विद्यालयमा पठ्यपुस्तक नपुर्याउने शिक्षा मन्त्री र जनक शिक्षा सामग्री केन्द्रका प्रमुखले राजीनामा गर्नु पर्ने माग गर्दै उनीहरुले मशाल जुलुस आयाेजना गरेका हुन् ।

    मशाल बालेर काेण सभा सकेपछि घुम्दै प्रमुख जिल्ला अधिकारी र डिएस्पी आइपुगेपछि सुचना नदिइ आन्दाेलन गरेकाे भन्दै विप्लवका नेता कार्यकर्तासँग उनीहरु कड्केका थिए । जुलुसमा नेताहरु विवेक कुमाल  दिनेश सारु लगायत पनि उपस्थित थिए ।

     

    प्रतिक्रिया दिनुहोस