२०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024

विकासका याेजना उद्घाटन गर्न नेता ल्याइन्न, म पनि गर्दिन, उपभाेक्ताले गर्छन्: जिवि खड्का

  • २०७९ कार्तिक १४, सोमबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- नेकपा एमालेका नेता तथा प्रदेश सभा क्षेत्र नं २ का उम्मेदवार ज्ञानबहादुर खड्का (जिवी) ले विकासका काम नगर्ने उद्घाटनमा राजनीतिक खेल बन्द गर्ने बताए ।

    उनले विकास याेजना सकिएपछि आफ्ना क्षेत्रमा उद्घाटन गर्न नेता नल्याइने, आफुँ साँसद भएर पनि नगर्ने जुन क्षेत्रकाे याेजना हाे त्यसैका उपभाेक्ताले गर्ने पद्धति अपनाइने घाेषणा गरे ।

    उम्मेदवार खड्काले आफ्ना निर्वाचन क्षेत्रकाे माेलिदेखि पाेकलीसम्मका सबै भूभागमा खानेपानी विजुली शिक्षा र स्वास्थ्यका संरचना निर्माण तथा जनशक्ति व्यवस्थापनमा स्थानीय र प्रदेश सरकारसँग मिलेर काम गर्ने बताए ।

    रेडियाे ओखलढुंगाले आयाेजना गरेकाे बहस कार्यक्रममा उनले आफ्नाे विजय निश्चित जस्तै भएकाे भन्दै अरुले जस्ताे बाेल्ने नगर्ने हाेइन गरेर देखाउन निर्वाचन लडेकाे दावी गरे ।

    प्रतिक्रिया दिनुहोस