२०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
तस्वीरमा निर्वाचन

फाेटाेमा प्रदिपकुमार सुनुवार र जिवी खड्काकाे चुनावी प्रचार

  • २०७९ कार्तिक १७, बिहिबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा-  सत्ता गठबन्धनबाट प्रदेश सभा क्षेत्र नं १ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिपकुमार सुनुवार चुनावी मैदानमा छन् । उनीसँग एमालेका अम्वीरबाबु गुरुङ प्रतिस्पर्धामा छन् ।

    गठबन्धनकाे मत स्थानीय तहमै बढी देखिएकाले उनलाई निर्वाचनमा केही राहत छ । एमालेले यस क्षेत्रमा चार स्थानीय तहमतध्ये एक मात्र जितेकाे छ । गठबन्धनले २ तह र एक पालिकाकाे उपप्रमुख जितेकाले गठबन्धनले जित हात पार्न सहज रहेकाे नेताहरु बताउँछन् ।

    सुनुवार चुनावी मैदानमा माेलुङका गाउँ गाउँमा पुगेका छन् ।

    त्यस्तै प्रदेश सभा क्षेत्र नं २ मा एमालेका जिवी खड्का चुनावी मैदानमा छन् । एमालेका प्रदेश सदस्य खड्का र गठबन्धनका माओवादी केन्द्रीय सदस्य बाबुराम गाैतमबीच भिडन्त हुँदै छ । खड्का चम्पादेवीका वडाहरुमा चुनावी प्रचारमा छन् । उनले गठबन्धन भए पनि चुनाव जित्ने दावी गरेका छन् ।

    प्रदेश सभामा प्रदेश क्षेत्र नं १ र क्षेत्र नं २ का उम्मदेवाहरुकाे चुनावी प्रचार सामाजिक सञ्जालमा कस्ताे देखियाे भनेर नागरिक मिडियाले तस्वीरमा निर्वाचन मा समेट्ने प्रयास गरेकाे छ । उम्मेदवाहरुलाई मतदाताले सम्मान गर्ने र आफ्ना कुरा सुनाउने गरेका छन् ।

    तस्वीरहरु:

    प्रतिक्रिया दिनुहोस