२०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024

ओखलढुंगामा किरात राई कर्मचारी मञ्च गठन

  • २०७९ कार्तिक १९, शनिबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा– किरात राई कर्मचारी मञ्चको जिल्ला कार्यसमिति गठन भएको छ । शनिबार सदरमुकाममा आयोजित एक कार्यक्रमले जितेन्द्र राई (घरेलु तथा साना उद्योग कार्यालय प्रमूख) को अध्यक्षतामा ११ सदस्यीय किरात राई कर्मचारी मञ्च गठन भएको हो ।

    समितिको उपाध्यक्षमा उषा राई (स्वास्थ्य कार्यालय वर्णालु) निर्वाचित भएकी छन् । त्यसैगरि सचिवमा राजेन्द्र राई (कोलेनिका), सहसचिव सर्मिला राई (सिनपा १२) र कोषाध्यक्षमा भोगबहादुर राई (मानेभन्ज्याङ गापा लेखा अधिकृत) चयन भएका छन् ।

    सदस्यहरुमा मकरबहादुर राई (चिशंखुगढी गापा), सुवास राई (तथ्यांक कार्यालय), आईतबहादुर राई (सिनपा) विष्णुमाया राई (पूर्वाधार कार्यालय), धिरेन राई (भेटनरी अस्पताल) र राजकमल राई (स्वास्थ्य चौकी तलुवा) रहेका छन् ।

    नवनिर्वाचित कार्यसमितिलाई किरात राई कर्मचारी मञ्चको केन्द्रिय समितिका महासचिव तथा नेपाल सरकारका उपसचिव अनिल किराती (हाल कटारी नगरपालिकाका प्रप्रअ)ले सपथ गराए । २०६८ सालमा स्थापना भएको किरात राई कर्मचारी मञ्चले देशको विभिन्न जिल्लामा शाखा कार्यसमिति गठन गर्दै आएको छ ।

    यो नितान्त जातीय संस्था नभएको तर यस संस्था मार्फत आफ्ना समुदायका युवालाई निजामति सेवामा आकर्षित गर्ने, अवसर प्रदान गर्ने र सेवामा रहेकाको वृत्ति विकासमा सहयोग गर्ने काम गर्दै आएको महासचिव किरातीले बताए । मञ्चले वर्षेनी केन्द्रमा शाखा अधिकृत तालिम निशुल्क रुपमा संचालन गर्दै आएको छ ।

    किरात राई कर्मचारी मञ्चका केन्द्रिय सदस्य तथा प्रदेश लेखा इकाई कार्यालय ओखलढुंगाका प्रमूख ध्यानवीर राईको संयोजन र पहलमा किरात राई कर्मचारी मञ्च गठन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

     

    प्रतिक्रिया दिनुहोस