२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

बलात्कार आराेपमा पुरुष पक्राउ, अभियाेग पुष्टि भए यस्ताे कारवाही !

  • २०८० आश्विन ३०, मंगलबार मा प्रकाशित ६ महिना अघि
  • ओखलढुंगा- एक महिलालाई बलात्कार गरेकाे अभियाेगमा खिजिदेम्बा गाउँपालिकाका २३ वर्षीय फुरी शेर्पा पक्राउ परेको छन् ।
    साेही ठाउँकी २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा शेर्पालाई सोमबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक बालिष्टर सिंहले बताए ।

    शेर्पाले ती महिलालाई असोज १९ गते पीडितकै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा माेलुङ २ स्थित बरुणेश्वर इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले आराेपितलाई पक्राउ गरेको हो । घटनाका विषयमा आवश्यक थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

    पीडित महिला २० वर्षभन्दा माथि रहेकाले आराेप पुष्टि भएमा आराेपित शेर्पालाई ५ देखि ८ वर्षसम्म जेल सजाय हुने कानुनी प्रावधान रहेकाे छ । तर, नाबालिकालाई निजकाे सहमतिमै करणी गरे पनि अपराध ठहरिने र ८ देखी १० वर्ष कैद हुने नेपालकाे कानुनले व्यवस्था गरेकाे छ ।

    प्रतिक्रिया दिनुहोस