२०८१ बैशाख २५, मंगलबार | Tue, 07, May, 2024
भाडादर कार्यन्वयन भएन, देखाउन मात्रै ताेकिएकाे यात्रुकाे गुनासाे

दशैंकाे मुखमा सवारी भाडामा मनपरि, अनुगमनका लागि प्रहरी खटाइयाे

  • २०८० कार्तिक २, बिहिबार मा प्रकाशित ६ महिना अघि
  • ओखलढुंगाः व्यवसायीले दशैंका लागि गाउँ फर्किने यात्रुहरुसँग मनपरि भाडा असुल्न थालेपछि अनुगमन गर्न प्रहरी खटाइएको छ ।
    लामो तथा छोटो दुरीका सवारीका सवारी साधनमा तोकिएकोभन्दा दोब्बर बढीसम्म लिने गरेको पाइएको छ । बस तथा सुमो र बलेरो गाडीको भाडा प्रति किलोमिटर र स्थान तथा दुरी खुलाएर समेत जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले निर्धारण गरेको तीन महिना बिते पनि कार्यन्वयन भएको छैन ।

    तेलको भाउ बढेको बहानामा यातायात व्यवसायीका काउण्टरहरुले भाडा मनपरि उठाएका हुन् । गाउँ फर्किनेको अत्याधिक चाप हुने र शहर जाने नहुँने भएकाले दुईतर्फीकै भाडा लिनु पर्ने बाध्यता रहेको व्यवसायीको भनाइ छ । एकोहोरो यात्रामा दोहोरो भाडा तिर्नु परेको यात्रु रमेश राईले गुनासो गरे । उनले भनेजति पैसा नदिए यात्रु नबोक्ने भएकाले कतै उजुरी नगरेको पनि बताए ।

    ओखलढुंगाबाट काठमाण्डौं एक हजार एक तथा विराटनगर १ हजार २ सय १ रुपैंया छ । तर एक हजार पाँच सयदेखि आठ सय सम्म लिने गरिएको छ । त्यस्तै सुमोमा काठमाण्डौं ओखलढुंगाको भाडा १ हजार ३ सय २० भए पनि अहिले २ हजार ३ सयसम्म लिने गरिएको यात्रुको गुनासो छ । विराटनगरबाट आउन १ हजार ५ सय ८४ भाडा तोकिए पनि २ हजार बढी यात्रुले तिर्दा पनि भनेको समयमा सवारी साधन नपाउने अवस्था

    बस भाडा ओखलढुंगाबाट काठमाण्डौं एक हजार एक तथा विराटनगर १ हजार २ सय १ रुपैंया छ । तर एक हजार पाँच सयदेखि आठ सय सम्म लिने गरिएको छ । त्यस्तै सुमोमा काठमाण्डौं ओखलढुंगाको भाडा १ हजार ३ सय २० भए पनि अहिले २ हजार ३ सयसम्म लिने गरिएको यात्रुको गुनासो छ । विराटनगरबाट आउन १ हजार ५ सय ८४ भाडा तोकिए पनि २ हजार बढी यात्रुले तिर्दा पनि भनेको समयमा सवारी साधन नपाउने अवस्था छ ।

    उद्योग बाणिज्य संघ ओखलढुंगाका अध्यक्ष ज्ञानेन्द्र मास्के भाडादर निर्धारण वैज्ञानिक हुनु पर्ने र निर्धारण भएको भाडा कार्यन्वयन हुनुपर्ने बताउँछन् । व्यवसायीलाई पनि मार नगर्ने यात्रु पनि नठगिने हिसाबले भाडादर कायम गरेर लागू गर्नु राम्रो हुने उनको तर्क छ ।

    काउण्टरमा यसरी मनपरि लिएको भाडाको टिकट दिदैनन् । गाडीमा आउनुपूर्व नै यात्रुलाई भाडाबारे कसैलाई नभन्न शर्त गरिन्छ । सदरमुकाम ओखलढुंगाबाट गाउँ जाने साना सवारीको तोकिएको भन्दा तेब्बर बढी भाडा तिर्दा पाि यात्रु जान पाएका छैनन् । बढी पैसा लिनेलाई मात्र छानेर बोक्न थालेको गुनासो छ । यस्तो गुनासो आएपछि प्रमुख जिल्ला अधिकारी चेतराज बरालले अनुगमन गरेर कारवाही गर्न प्रहरीलाई निर्देशन दिएका थिए ।

    प्रहरीले अनुगमन गर्न नाका नाकामा जनशक्ति परिचालन गरेको छ । इन्ट्रि गर्ने, रोक्ने ठाउँमा सवारीमा अनुगमन गरेर सोधीखोजी गरेर गुनासो आएका सवारीमाथि कारवाही पनि शुरु गरेको छ । प्रहरीको अनुगमनले मात्रै भाडा दर कार्यन्वयन हुने अवस्था छैन । स्थानीय तहले सवारी भाडाबारे अहिलेसम्म छलफल समेत गरेका छैनन् ।

    प्रहरी खटाएर यात्रुहरुलाई सोधीखोजी गर्ने र गुनासो आए कारवाही थालिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख दिपकबहादुर केशीले बताए । उनले बसभित्रै गएर यात्रुसँग सोध्ने, सुमो तथा बोलेरोका यात्रुलाई सोधेर गुनासो आएका ठाउँमा कारवाही गरिएको जनाए । प्रहरीले कारवाही थाले पनि सवारीले भने भाडा मनपरि लिन छाडेका छैनन् ।

    प्रतिक्रिया दिनुहोस