२०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
एमाले कोशी प्रदेशमा मनाेनयन, भट्टराईद्वारा पद अस्वीकार

११ सदस्य मनोनित, ३८ सदस्यीय सचिवालय; ओखलढुंगाका काे-काे छन् ?

  • २०८० मंसिर ४, सोमबार मा प्रकाशित ५ महिना अघि
  • विराटनगर- नेकपा एमालेको कोशी प्रदेश कमिटीमा ११  जना मनोनित भएका छन् । तिहारअघि बसेको प्रदेश कमिटी बैठकले ११ जनालाई प्रदेश कमिटीमा मनोनित गरेको हो ।

    मनोनित हुनेमा मोरङका भुराज राई, नागेश पोखरेल, पर्शुराम बस्नेत, अरुण राठी छन् । त्यस्तै सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी, संखुवासभाका बद्री सापकोटा, भोजपुरका देवीराम चौंलागाईं, रामसिंह राई, खोटाङका तेज ढुंगाना, सुनसरीका प्रमोद शेर्पा र झापाका घनेन्द्र योङ्वा सुब्बा छन् ।

    एमालेको विधान अनुसार प्रदेश कमिटीले कुल सदस्य संख्याको १० प्रतिशत सदस्य मनोनित गर्न पाउँछ । २१५ सदस्यीय प्रदेश कमिटीमा २५ जना मनोनित गर्न पाउने भए पनि पहिलो चरणमा ११  जनालाई मनोनित गरेको हो ।

    मंसिर १ गते अन्तर कमिटी निर्देशन–२ जारी गर्दै प्रदेश सचिवालय गठन भएको र विभागीय जिम्मेवारी पनि तोकेर तल्लो तहका कमिटीलाई परिपत्र  गरेको छ । २०८१ जेठ मसान्तसँग जिल्ला, पालिका र वडा कमिटीको अधिवेशन गर्ने निर्णय गरेको प्रदेश कमिटी बैठकले निर्वाचन क्षेत्रका लागि इञ्चार्ज पनि तोकेको छ ।

    प्रदेश कमिटी बैठकले ३८ सदस्यीय सचिवालय पनि गठन गरेको छ ।  विभिन्न विभाग र निर्वाचन क्षेत्रका इन्चार्ज तथा प्रमुखको जिम्मेवारी पनि तोकेको छ ।

    बैठकले पार्टी स्कुल विभागको प्रमुखमा अध्यक्ष घनश्याम खतिवडा, निर्वाचन विभाग प्रमुखमा टिकाराम चेम्जोङ, संगठन विभाग प्रमुखमा राजकुमार भण्डारी, विज्ञान तथा प्रविधि विभागमा देवान राई, सहरी विकास विभागमा जलवर्षा राजवंशी, संसदीय विभागमा अम्बरबहादुर रायमाझी, प्रचार तथा प्रकाशन विभागको प्रमुख  लछुमन तिवारीलाई जिम्मेवारी दिएको छ ।

    वित्तीय तथा कोष व्यवस्थापन विभागमा लालप्रसाद लिम्बू, स्थानीय तह विभागमा प्रेमबहादुर राई, कृषि तथा पशुपंक्षी विभागमा चित्रकुमारी सुब्बा, सहकारी तथा गरिबी निवारण विभाग प्रमुखमा रमेश पोखरेल, भौतिक पूर्वाधार विभागमा रामसिंह राई, शिक्षा तथा मानवस्रोत विभागमा सत्यनारायण चौधरी, अर्थ तथा योजना विभागमा सिर्जना राई, उद्योग, वाणिज्य तथा आपूर्ति विभागमा उमेश डालमिया, खानेपानी तथा सरसफाइ विभागमा नरेन्द्र बस्नेत, ऊर्जा, जलस्रोत तथा सिँचाइ विभागमा मोहन डाँगी र प्रदेश मामिला तथा सामान्य प्रशासन विभाग ज्ञानेन्द्र सुवेदीलाई मनोनित गरेको छ ।

    सामाजिक सुरक्षा तथा समाज कल्याण विभाग, कानुन विभाग, पर्यटन तथा नागरिक उड्डयन विभागलगायत प्रदेश मातहत गरेका सबै विभागको जिम्मेवारी पनि तोकेको छ । त्यस्तै प्रदेश कमिटीले २१० सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ ।

    ओखलढुंगाका काे-काे छन् ?

    सचिवालयमा ओखलढुंगाका २ जना समावेश छन् । पूर्व मन्त्री अम्बीरबाबु गुरुङ र नानीबाबु बुढाथाेकी सचिवालयमा चयन भएका छन् भने विभिन्न विभाग तथा निर्वाचन क्षेत्रका ईञ्चार्ज पनि ताेकिएका छन् ।

    भूगाेलतर्फ प्रतिनिधि सभा ईञ्चार्ज अम्बिरबाबु गुरुङ, प्रदेश सभा क मा मोहनकुमार श्रेष्ठ, सह ईञ्चार्जमा इन्छाकुमारी गुरुङ,  ख मा  नानिबाबु बुढाथोकी इञ्चार्ज र सह इञ्चार्ज केशवहरी ढुङ्गेल  ताेकिएका छन् ।

    यसैगरि विभाग तर्फ शकुन्तला राजभण्डारी उप-प्रमुख भूमि व्यवस्था विभाग, इन्छाकुमारी गुरुङ इञ्चार्ज अखिल नेपाल महिला संघ र  उमेश कार्की उप-प्रमुख युवा तथा खेलकुद विभाग रहेका छन् ।

    सल्लाहकार परषिद सदस्यमा केदारबाबु बस्नेत,  लिलाबहादुर कटुवाल, शान्ता ढुङ्गेल, अमृत धमला, ज्ञानबहादुर खडका, ओम दयाल, रामबहादुर खत्री, देवकुमार खड्का, लक्ष्मण बराल र  शेखर भट्टराई  रहेका छन् ।  शेखर भट्टराईले मनाेनय र पार्टी सञ्चालनकाे पद्धतिमाथि गम्भीर प्रश्न उठाउँदै पद अस्वीकार गरेकाे घाेषणा गरिरहेका छन् । 

    प्रतिक्रिया दिनुहोस