ओखलढुंगा- नेकपा निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अखिल) ले खिजिदेम्वाका विद्यालयमा मास्क वितरण गरेकाे छ । गाउँपालिका भित्रका १३ विद्यालय, प्रहरी चाैकी तथा रावादाेलु र भूसिंगामा मास्क वितरण गरेकाे हाे ।
विद्यालय, चाैकीलगायतमा ३ हजार ७ सय मास्क वितरण गरेकाे अनेरास्ववियुका केन्द्रिय सदस्य दिपक फुयलले जानकारी दिए । उनका अनुसार अखिलकाे तर्फबाट मास्क हस्तान्तरण गरिएकाे हाे । काेराेना संक्रमणकाे जाेखिम कायमै रहेकाले सुरक्षित रुपमा पठनपाठन सञ्चालन गर्न सहयाेग गर्ने उद्देश्यले मास्क वितरण गरेकाे फुयलकाे भनाइ छ ।
प्रतिक्रिया दिनुहोस