जनकपुरधाम- धनुषाको क्षिरेश्वरनागथ नगरपालिका ४ हरैयामा बुधबार भएको मोटरसाइकल दुर्घटनामा आमा-छोराको मृत्यु भएको छ ।
जनकपुर-ढल्केबर सडक खण्डमा पर्ने हरैयामा ज ३प ७०४२ नम्बरको मोटरसाइकल सडक छेउको खम्बामा ठोक्किँदा चालक जनकपुरधाम उपमहानगरपालिका- २० देवपुर रुपैठाका २५ बर्षीय विजय शर्मा र उनकी ४५ बर्षीया आमा धर्मवतीदेवीको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएका विजयलाई अस्पताल लग्ने क्रममा बाटोमै र उनकी आमाको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका क्रममा मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस