ओखलढुंगा– अब राति १० बजेसम्म मात्र देउसी-भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले राति १० बजेपछि देउसी–भैलोलगायतका मनोरञ्जनात्मक कार्यक्रम गर्न राेक लगाएकाे हाे ।
प्रमुख जिल्ला अधिकारी चेतराज बरालले एक सूचना जारी संस्कृतिको जगेर्ना तथा शान्ति सुरक्षा कायम गर्ने कार्यमा सहयोग गर्न आग्रह गरेका छन् । देउसी-भैलोलगायतका सांस्कृतिक कार्यक्रमहरू रातको समयमा गर्दा अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिहरूले शान्ति–सुरक्षामा प्रतिकूल असर पुर्याउन सक्ने भएकाले राति १० बजेसम्म खेल्न भानिएकाे छ ।
दीपावलीको अवसरमा भुइँचम्पा, पटका, आतसबाजीलगायतका विस्फोटक पदार्थको बिक्री वितरण र प्रयोग नगर्न आग्रहसमेत प्रशासनले आग्रह गरेको छ ।
विस्फोटक पदार्थको उत्पादन, आयात, निर्यात तथा बिक्री–वितरण नगर्न यस्तै जुवा तास खेल्ने खेलाउने जस्ता कानुन अनुसार निषेध गरिएका क्रियाकलापहरु नगर्न नगराउन समेत सचेत गराइएको छ ।
यस्ता कार्यहरु भए गरेको पाईएमा त्यस्ता कार्यमा संलग्नलाई कानुन बमोजिम कारवाही गरिने प्रशासनले चेतावनी दिएको छ ।
प्रतिक्रिया दिनुहोस