२०८१ बैशाख ३०, आईतबार | Sun, 12, May, 2024

रामेछापमा क्वारेन्टिनमा बस्नेको संख्या १ सय २३ जना

  • २०७७ अषाढ ७, आईतबार मा प्रकाशित ३ साल अघि
  • रामेछाप । रामेछाप जिल्लाका बिभिन्न स्थानिय तहले निमार्ण गरेको क्वारेन्टिमा बस्नेको संख्या १ सय २३ जना पुगेको छ । जिल्ला स्वास्थ्य कार्यलय रामेछापले शुक्रबार जारी गरेको बिज्ञप्ति अनुसार रामेछापमा हाल महिला ५ र पुरुष १ सय १८ जनालाई क्वारेन्टिनमा राखिएको हो ।
    उमाकुण्ड गाउँपाकिलामा ८ , मन्थली नगरपालिकामा १८ , रामेछाप नगरपालिकामा २९ , गोकुलगंगा गाउँपालिकामा १९ , दोरम्बा गाउँपालिकामा ३ , खाँडादेवी गाउँपालिकामा १४ र लिखुतामाकोशी गाउँपालिकामा ३२ जना क्वारेन्टिमा रहेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
    त्यस्तै रामेछापमा ३ सय ९ जनाको स्वाब संकलन गरिएकोमा ३ सय ६ जनाको नेगेटिभ रिपोर्ट आएको र ६४ जनाको रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जारी गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ । हालसम्म मन्थली नगरपालिमा ६१ , रामेछाप नगरपालिमा ५ ,खाँडादेवी गाउँपालिमा १९ , गोकुलगंगा गाउँपालिमा १ सय ८ , दोरम्बा गाउँपालिमा १२ , लिखुतामाकोशी गाउँपालिमा ८५, उमाकुण्ड गाउँपालिकामा २४ , सुनापति गाउँपालिमा ६ र जिल्ला अस्पतालमा १६ जनाको स्वाव संकलन गरिएको छ । जिल्लामा अहिलेसम्म ८ सय ६७ जनाको आरडीटी परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस