२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

काेराेना कहर: २६ काे मृत्यु २६ सय ५० घर फर्किए

  • २०७७ अषाढ ११, बिहिबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- नेपालमा कोरोना भाइरस (कोभिड)-१९ का कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार बुधबार राति एक र बिहीबार बिहान एक गरेर दुई जनाको मृत्यु भएको हो।

    कोरोना संक्रमण भएर पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गराइरहेका स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका ५५ वर्षे पुरुषको बुधबार राति मृत्यु भएको हो । स्याङ्जाका ती संक्रमित मधुमेह र नियोनियाका पनि बिरामी थिए । उनलाई उपचारका लागि ८ गते पोखरा ल्याइएको थियो। उनलाई कोरोना संक्रमणको पुष्टि पनि त्यसै दिन भएको थियो । त्यसअघि उनी गाउँमा सामाजिक कार्यमा सहभागी भएको बताइएको छ । उनको भने ट्राभल हिस्ट्री छैन ।

    त्यसैगरी ललितपुरको पाटन अस्पतालमा उपचार गराइरहेका चितवन स्थायी घर भएर ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथली बस्ने ५० वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु भएको हो। मृतक ५० वर्षीय पुरुषको पाँच महिना अगाडि मिर्गौला प्रत्यारोपण गरिएको थियो।

    प्रतिक्रिया दिनुहोस