२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

नेम्वाङ-देउवा वार्ता: सत्ता सहकार्यमा काँग्रेसलाई गृहसहित अर्थ मन्त्रालयको प्रस्ताव !

  • २०७७ अषाढ २१, आईतबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीचको भेटवार्ताबारे विभिन्न आशंका उत्पन्न भइरहेका बेला काँग्रेसलाई गृहसहित अर्थमन्त्रालय दिने प्रस्ताव गरेको रहस्य खुलेको छ ।

    आइतबार बिहान सभापति देउवासँग नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले यदि काँग्रेसले साथ दिने हो भने काँग्रेसलाई गृह अर्थ लगायतका महत्वपूर्ण मन्त्रालय समेत दिन सकिने प्रस्ताव गरेको स्रोतको दावी छ ।

    ‘यदि सहकार्य नै गरेर जाने हो भने, गृह अर्थ लगायतका मन्त्रालय काँग्रेसलाई दिन सकिन्छ । त्यसका लागि तपाईहरुले तयारी गर्दा हुन्छ’ ओलीको सन्देश सुनाउँदै नेम्वाङले काँग्रेस नेतालाई भनेका थिए ।

    यसैबीच काँग्रेस बैठक जारीरहेका बेलामा सभापति देउवासहित काँग्रेसका प्रभावशाली नेताहरु गगन थापा विश्वप्रकाश शर्मा, रेमश लेखक, पूर्णबहादुर खड्का, मिनेन्द्र रिजाललगायतका नेताहरु बिहान भएको नेम्वाङसँगको भेटवार्ताबारे छलफल गरेका छन् । –राताेपाटीबाट साभार 

    प्रतिक्रिया दिनुहोस