२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

माधव नेपालका घरमा किन खटाइयाे प्रहरी ?

  • २०७७ अषाढ २१, आईतबार मा प्रकाशित ३ साल अघि
  • नेकपा विभाजन हुने अड्कलबाजी,  वार्ता र छलफल सघन रुपमा भइरहेकाे समयमा माधव नेपाल लगायतका केही नेताहरुका घर वरिपरि सुरक्षाकर्मी ह्वात्तै बढाइएकाे छ । आइतबार विहानैदेखी केही नेताहरुका घरमा सुरक्षा बढाएकाे बताइएकाे छ ।

    सत्तरुढ दल नेकपामा विवादले उग्न रुप लिएकाे बेला पूर्व प्रधानमन्त्री तथा वरिष्ठ नेता माधव कुमार नेपालको घरमा सुरक्षाकर्मी थपिएको  हाे ।प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै कदम चाल्ने बताइरहेका बेला एकाएक बरिष्ठ नेता नेपालको निवासवरपर सुरक्षाकर्मीको संख्या बढाइएकोअइनलाइन पत्रिका हिमाल पाेष्टले  खबर लेखेकाे छ ।

    नेपालको सचिवालय स्रोतका अनुसार उनको निवास वरपर यसअघि खटाइएको प्रहरी संख्यामा अहिले उल्लेख्य रुपमा थप गरिएको छ। प्रहरी स्रोतले भने नेकपाका सबै शीर्ष नेताहरुको निवास आसपास सुरक्षाकर्मी थप गरिएको जनाएको छ। नेकपा विभाजन हुनसक्ने अड्कलवाजी भइरहेका बेला त्यस्तो घट्नाक्रम भएमा कार्यकर्ताबीच तनावपूर्ण स्थिति आउनसक्ने भनी सुरक्षाकर्मीको संख्या बढाइएको  सुरक्षा निकायकाे दावी छ ।

    पूर्वप्रधानमन्त्री, मन्त्रीदेखि बहालवाला मन्त्री र शीर्ष नेताहरुको सुरक्षालाई मध्यनजर गरी त्यस्ता स्थान वरपर सुरक्षा सतर्कता बढाइएको सुरक्षा स्रोतकाे दावी छ । पछिल्ला दिन नेपाल निवासमा पनि अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतले बैठक बस्ने गर्दै आएका थिए ।

    प्रतिक्रिया दिनुहोस