२०८१ जेष्ठ ८, मंगलबार | Tue, 21, May, 2024

‘निषेधाज्ञ समाधान हाेइन, काेभिड अस्पताल र पिसिआर ल्याव जिल्लामै राखाैं’

  • २०७८ जेष्ठ ३, सोमबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- अनेरास्ववियुकाे केन्द्रिय कमिटी सचिव दिपक फुयलले निषेधाज्ञा गररे काेराेना महामारी नियन्त्रण हुन्छ भन्ने भ्रमम नबस्न चेतावनी दिएका छन् । फुयलले जिल्लाका स्थानीय तहहरु मिलेर जिल्लामै सुविधा सम्पन्न पिसिआर ल्याव तथा बृहत काेभिड अस्पताल सञ्चालनमा ल्याउन सुझाव दिए ।

    ‘ओखलढुंगाका आठ स्थानीय तह मिलेर लगानी गर्ने हाे भने पिसिआर ल्याव राख्न र विशेषज्ञ सेवासहितकाे काेभिड अस्पताल निर्माण गर्न समस्या छैन, यहाँ स्राेत हाेइन साेचमा समस्या हाे ।’ उनले स्थानीय सरकार नागरिककाे स्वास्थ्य सुरक्षामा सम्वेदनशिल नभएकाे आराेप लगाए ।

    सामाजिक सञ्जालमा उनले निषेधाज्ञ लगाएर काेराेना राेकथाम भएकाे भ्रममा नपर्न सचेत गराउँदै  स्थानीय सरकारहरु मिलेर ल्याव र सुविधा सम्पन्न अस्पतालन चाँडाे बनाउन ध्यानाकर्षण गराएका हुन् । उनले प्रश्न गरेका छन्, ‘नेपाल सरकारले प्रत्येक स्थानिय तहमा कोभिड अस्पताल स्थापना को निम्ति बजेट र स्वास्थ्य कर्मिको दरबन्दी यसअगावै ब्यबस्था गरि सकेको भएपनि सम्बन्धित तहमा अस्पतालहरु संचालित छैनन, ती अस्पतालहरुको उचित ब्यबस्थापन तर्फ किन ध्यान जान सकेको छैन ?’

    सचिव फुयलले जिल्ला जिल्लामा ल्याव राख्न  सरकारले हात उठाएकाे हाे भने निजि क्षेत्रलाई अनुमति दिन र क्विक रेस्पाेन्स टिम बनाएर परिक्षण तथा उपचार गर्न माग गरेका छन् । उनले अगाडि भने,  ‘काेभिड नियन्त्रणको नाम मा पोहोर सालकै जस्तो ठुलै खर्चको बिल त आउलानै, निशेधाज्ञा गर्नु मात्रै नियन्त्रणको माध्यम नहुन सक्छ।यो विषम परिस्थिमा प्रभावकारी ब्यबस्थापन र नेतृत्व गर्दै जनताको स्वास्थ्य सुरक्षा को ख्याल गर्नु स्थानिय सरकारहरुको दायित्व होइन ?’

    हेराैं उनकाे फेसबुक स्टाटस

    Dipak Phuyal

    समुदाय स्तरमा नयाँ भेरियन्ट सहितको कोरोना भाईरस फैलिसकेको छ संभवत यसपटक कोहि अछुतो होला जस्तो देखिदैन।जिल्लामा पिसिआर ल्याब छैन बल्लतल्ल स्वाब परिक्षण गराउदा त्यसको रिपोर्ट 3/4 दीन पछि आउछ, त्यस बेला सम्म ती परिक्षण गरिएकाहरु आइसोलेसन नबस्दा पुरै समुदाय तहसनहस भैस्क्ने अबस्था छ।जिल्लामा ८ ओटा स्थानिय सरकार कृयाशिल छन सबै तहको लगानिमा एउटा पिसिआर ल्याब स्थापना गर्नु अहिलेको आबस्यक्ता हो।स्थानिय सरकारले हात झिक्ने हो भने ल्याब स्थापना गर्न निजि क्षेत्रलाई अनुमती दिनु पर्दछ।नेपाल सरकारले प्रत्येक स्थानिय तहमा कोभिड अस्पताल स्थापना को निम्ति बजेट र स्वास्थ्य कर्मिको दरबन्दी यसअगावै ब्यबस्था गरि सकेको भएपनि सम्बन्धित तहमा अस्पतालहरु संचालित छैनन, ती अस्पतालहरुको उचित ब्यबस्थापन तर्फ किन ध्यान जान सकेको छैन?कोभिड नियन्त्रणको नाम मा पोहोर सालकै जस्तो ठुलै खर्चको बिल त आउलानै, निशेधाज्ञा गर्नु मात्रै नियन्त्रणको माध्यम नहुन सक्छ।यो विषम परिस्थिमा प्रभावकारी ब्यबस्थापन र नेतृत्व गर्दै जनताको स्वास्थ्य सुरक्षा को ख्याल गर्नु स्थानिय सरकारहरुको दायित्व होइन?

    प्रतिक्रिया दिनुहोस