२०८१ जेष्ठ ८, मंगलबार | Tue, 21, May, 2024
काेराेना कहर

ओखलढुंगाका कुन-कुन ठाउँमा गरियाे शिल ? यस्ता छन् कारण, शिल गरिएका ठाउँमा के गर्न पाइदैन ?

  • २०७८ जेष्ठ ३, सोमबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा-  जिल्लाको मोलुङ गाउँ कार्यपालिका बैठकले मोलुङ गाउँपालिकाका १, २, ३, ४, ५ र ८ नम्बर वडा शिल गर्ने निर्णय गरेको छ । कोरोनाको जोखिम बढेपछि आज बसेको बैठकले सो निर्णय गरेको हो ।

    बैठकले अरु ८ वटा विभिन्न विषयमा निर्णय गरेको छ । बैठकले पालिका स्तरिय CICT (Case Investigation and Contract Tracing Team गठन गर्ने, गाउँपालिका अन्तर्गतका प्रत्येक वडाम रहेको स्वास्थ्य संस्थाका प्रमुखहरुलाई कोभिड-१९ को आ- आफ्नो वडा भित्र होम आइशोलेशन तथा होम क्वारेन्टिनमा बसेका व्याक्तिहरुको निगरानी तथा प्रतिवेदन पेश गर्ने निर्णण गरेकाे छ ।

    मोलुङ गाउँपालिका भित्रका कोभिड-१९ को संक्रमण पोजिटिभ देखिएका बिरामिलाई श्वासप्रश्वासमा समस्या देखिएमा स्वास्थ्य संस्था सम्म लैजान निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने, गाउँपालिका भित्रका महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक ,बुद्दिजिवि , समाजसेवि , जागरुक युवाहरुलाई भौतिक रुपमा उपस्थित नभई समुदायमा कोभिड -१९ को संक्रमणको स्थिति जानकारीको लागि सत्य तथ्य सुचना संकलन तथा सम्प्रेषणको लागि आवश्यकता अनुसार स्वयंसेवक समेत परिचालन गर्ने निर्णय गरेको छ ।

    त्यस्तै चिशंखुगढी गाउँपालिकाका कार्यालय र वडा नं ५ का टालहरु शिल गर्ने निर्णय गरेकाे प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीले जानकारी दिए । वडा नं २ का सेवा पनि पूर्ण रुपमा बन्द गरिएका छन् । समुदाय स्तरमै काेराेना फैलियपछि शिल गर्नु परेकाे पालिकाहरुले जनाएका छन् । चिशंखुगढीका अध्यक्ष निशान्त शर्माले स्वाव दिएका व्यक्ति सुरक्षित रुपमा घरैमा बस्न र हिडडुल नगर्न आग्रह गरेका छन् ।

    शिल गरिएका ठाउँमा आवत जावत गर्न भेला हुन पाइदैन । एकटाेलबाट अर्काे टाेल जान राेक लगाइएकाे छ । त्यहाँ सुरक्षाा कर्मी र स्वास्थ्यकर्मी मात्रै जान पाउँछन् । विरामी आउजाउ गर्न र अत्यावश्यक खाद्यन्न ढुवानी गर्न समेत सुरक्षा मापदण्ड अपनाएर पालिकाकाे अनुमति लिनुपर्छ ।

    प्रतिक्रिया दिनुहोस