२०८१ जेष्ठ ८, मंगलबार | Tue, 21, May, 2024

ओखलढुंगा: साेमबार १० थपिएसँगै संक्रमितकाे संख्या ८९ पुगे, कहाँका हुन् उनीहरु ?

  • २०७८ जेष्ठ ३, सोमबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा-  जिल्लाका ६ जना सहित आज १० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सोमबार जिल्ला ओखलढुंगा सामुदायिक अस्पताल र जिल्ला अस्पताल रुम्जाटारमा गरिएको एन्टिजेन परिक्षणमा १० जनामा कोरोना पोजेटिभ देखिएको हो । जसमध्ये ६ जना ओखलढुंगाका र चार जना सोलुखुम्बुका रहेको जिल्ला स्वास्थ्य कार्यलय ओखलढुगाले जनाएको छ ।

    संक्रमित पुष्टी हुनेमा सिद्धिचरण नगरपालिका ११ का २३ बर्षिय एक महिला,७५ बर्षिय पुरुष,सिद्धिचरण नगरपालिका १२ की २९ बर्षिय महिला ,सिनपा ८ का सल्लेरीका २५ बषिय पुरुष र खिजीदेम्बा ७ का ४२ र मोलुङ ६ का ३४ बर्षिय पुरुष रहेको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए ।

    त्यस्तै सोलुखुम्बुबाट उपचारका लागी आएका सोलुदुधकुन्ड र थुलुङ दुधकोशी नगरपालिकाका ४ जना रहेको स्वास्थ्य प्रमुख तिवारीको भनाई छ । उनीहरुलाई तत्काल ओखलढुंगा सामुदायीक अस्पतालको आईसोलेसनमा राखिएको छ । यो संगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या ८९ पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस