२०८१ जेष्ठ ८, मंगलबार | Tue, 21, May, 2024

मानेभञ्ज्याङमा भीषण आगलागी

  • २०७८ जेष्ठ ३, सोमबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- मानेभञ्ज्याङ गाउँपालिकाको वडा नं ८ राघवपुरमा  हिजोदेखि  लागेको आगो नियन्त्रणमा आएको छैन । मोलुङ दोभानबाट सुरु भएको आगो स्थानीय देउराली सामुदायिक वनमा लागेको हो ।

    वडा नं ८ का वडाध्यक्ष भीम मगरले दिएको जानकारी अनुसार अहिले रातिसम्मै पनि  आगो निभाउने प्रयास भइरहेको छ । अहिले  आगो वडा नं ७ टोक्सेल र राघवपुरको सीमानामा रहेको देउराली क्षेत्रमा छ ।

    ‘सकभर आगो अहिले राति नै नियन्त्रणमा आउने सम्भावना छ,’ वडाध्यक्ष मगरले भने, ‘अहिले पनि नियन्त्रण भएन भने आगो गाउँपालिका केन्द्र मानेभञ्ज्याङतिर लाग्ने सम्भावना छ । यहाँबाट आगलागी नियन्त्रणबाहिर भयो भने वस्ती जोखिममा पर्ने देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस