२०८१ जेष्ठ ८, मंगलबार | Tue, 21, May, 2024

सिद्धचरण नगरपालिकामा संक्रमितकाे संख्या २० पुग्याे

  • २०७८ जेष्ठ ४, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- सिद्धिचरण नगरपालिकामा संक्रमितकाे संख्या २० पुगेकाे छ । हालसम्म गरिएकाे एन्टिजेन परिक्षणमा नगरपालिका भित्र मात्रै संक्रमित २० पुगेकाे नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पवन लामाले जानकारी दिए ।

    उनका अनुसार संक्रमितमध्ये  ११ख पुरुष र ९ महिला रहेका छन् । यि मध्ये वडा नं १, ४, ८, १०, ११ र १२ का हुन् । सबैभन्दा धेरै ११ र १२ वडामा संक्रमित भेटिएका छन् ।

    बजार क्षेत्र बढी आतंकित बनेकाे छ । यद्यपी हिडडु  भेटघाट भने छिटपुट देखिएकाे छ। संक्रमण समुदायस्तरैमा पुगे पनि स्थानीय सरकार भने यसकाे राेकथामका काम प्रभावकारी बनाउने तर्फ केन्द्रित भएकाे देखिदैन ।

    प्रतिक्रिया दिनुहोस