२०८१ जेष्ठ ९, बुधबार | Wed, 22, May, 2024
सामुदायिक अस्पताल मिसनमा भेन्टिलेटर

कोभिड-१९ केयर युनिटमा भेन्टिलेटर राख्न अगुवाइ गर्दै यज्ञराज

  • २०७८ जेष्ठ ४, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगाः सामुदायिक अस्पताल ओखलढुंगामा स्थापना गरिएको कोभिड १९ केयर युनिटमा भेन्टिलेटरसहितको सेवा दिने पहल थालिएको छ । अक्सिजनसहित २० वेडको कोभिड केयर सेन्टर स्थापना गरिएपछि १३ जना कोरोना संक्रमित उपचाररत छन् ।

    अस्पतालमा भेन्टिलेटरसहितको उपचार सेवा सुचारु गर्न स्वास्थ्य मन्त्रालयमा जिल्ला संकट व्यवस्थापनको केन्द्रको बैठकबाट माग गरिएको स्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीले जानकारी दिए ।

    प्रतिनिधी सभाका सांसद यज्ञराज सुनुवारको उपस्थितिमा बसेको बैठकले स्वास्थ्य मन्त्रालयमा माग गर्ने र त्यसको समन्वय सांसदले गर्ने निणर्य भएको छ । साुमदायिक अस्पताल मिसनमा रहेको कोभिड केयर सेन्टरमा तिन वटा भेन्टिलेटरसहितको सेवा दिन सकेमा कोभिड बाहेकाका विरामीको उपचार गर्न समेत हेलिकोप्टर चार्टर गर्नु पर्ने बाध्यता हट्ने सांसद सुनुवारले बताए ।

    उनले भने, ‘बैठकले निणर्य गरेर माग गरिएको छ, कम्तिमा १ करोड बजेट भएमा भेन्टिलेटर सहितको उपचार सेवा दिन सकिने अस्पतालले जानकारी गराएकाले त्यसको पहल भइरहेको छ ।’ जिल्लामा सामुदायिक अस्पतालमा मिनि अक्सिजन प्लान्ट सञ्चालनमा रहेकाले विरामीको उपचारमा सहज भएको छ ।

    सरकारी अस्पताल रुम्जाटार अस्पतालमा भने कोभिडका विरामीका लागि ७ वेड व्यवस्थापन गरिएको छ भने अक्सिजन तथा भेन्टिलेटर कुनै सुविधा नभएकाले विरामी उपचार गर्न पैसा तिरेर भए पनि सामुदायिक अस्पतालमै जाने गरेका छन् ।

    जिल्लामा भेन्टिलेटरसहितको सेवा दिन जनशक्ति व्यवस्थापन आवश्यक भए पनि जिल्ला अस्पताल र सामुदायिक अस्पतालका स्वास्थ्यकर्मीलाई तालिम दिएर खटाउन सकिने सामुदायिक अस्पताल मिसनका निर्देशक युवराज आचार्यले बताए ।

    बृहत परिक्षणका लागि किट तथा सघन उपचारका लागि भेन्टिलेटर व्यवस्थापनका लागि मन्त्रालयमा सांसदमार्फत पहल भइरहेको उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस