२०८१ जेष्ठ ८, मंगलबार | Tue, 21, May, 2024

कुन्तादेवीका आगलागी पीडितका घर बनाइदिने अम्बीर गुरुङकाे घाेषणा

  • २०७८ जेष्ठ ४, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ‌ओखलढुंगा-  प्रदेश १ का भाैतिक पूर्वाधार विकास मन्त्री अम्बीरबाबु गुरुङले आगलागीबाट ध्वस्त बनेका माेलुङ गाउँपालिका १ कुन्तादेवीका ५ घर निर्माण गरिदिने घाेषणा गरेका छन् ।

    आगलागी पीडितका जलेका घरका भग्नावशेष निरिक्षण गर्दै उनले घर निर्माण शुरु गर्न र त्यसकाे जिम्मा आफ्नाे भएकाे भनेर घाेषणा गरेकाे अनेरास्ववियुका नेता अर्जुन गिरीले बताए ।

    निरिक्षणका क्रममा मन्त्री गुरुङ प्रदेश सरकारले आगलागी भएर घर गुमाएका परिवारलाई दिने राहत प्रति परिवार ५० हजार रकमका चेक समेत पीडितलाई हस्तान्तरण गरेका थिए । त्यस्तै पीडित ५ परिवारलाई एकमुष्ठ १ लाख २५ हजार समेत दिएकाे गिरीकाे भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस