२०८१ जेष्ठ ८, मंगलबार | Tue, 21, May, 2024

‌ओखलढुंगा: संक्रमित थपिएकाे थपियै; सिद्धिचरणमा सबैभन्दा बढी, कति पुगे त ?

Thumbnail
  • २०७८ जेष्ठ ५, बुधबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- जिल्लामा दैनिक काेराेना संक्रमित थपिएका थपियै छन् । हालसम्म १०४ पुगिसकेका छन् । यी मध्ये १० जना संक्रमण मुक्त भएका छन् भने ९४ उपचाररत छन् । याे मंगलबार रातिसम्मकाे तथ्या‌क हाे ।

    साेमबार आउने रिपाेर्टमा थपिने संभावना उत्तिकै छ । जिल्लाका स्थानीय तहमध्ये सबंभन्दा बढी संक्रमित सिद्धिचरण नगरपालिकामा छन् । नगरपालिकमा मंगलबार १० थपिदा ३० जना पुगेका छन् । एक जनाकाे हेिलकाेप्टरबाट उपचारका लागि काठमाण्डाैंं लगिएकाे छ ।

    त्यस्तै माेलुङमा २९ जना चिशंखुगढीमा १३ जना रहेका छन् । मानेभञ्ज्याङमा ११ रहेकाे बताइएकाे छ । सामान्य समस्या आउँदा जाँच गर्न नजाने र समस्या जटिल भएर अस्पताल आएकाहरु सबैमा संक्रमण देखिएकाे सामुदायिक अस्पतालका प्रशासन प्रमुख बुद्ध श्रेष्ठले बताए ।

    प्रतिक्रिया दिनुहोस