२०८१ जेष्ठ ८, मंगलबार | Tue, 21, May, 2024

गाउँपालिका उपाध्यक्षको ससुराको मृत्युमा सार्वजनिक विदा

Thumbnail
  • २०७८ श्रावण २२, शुक्रबार मा प्रकाशित २ साल अघि
  • काठमाण्डाैं-  गाउँपालिकाले उपाध्यक्ष गीता तिम्सिना गौतमका ससुराको मृत्युमा सार्वजनिक विदा दिएको छ । उपाध्यक्ष गौतमका ससुरा कृष्णप्रसाद गौतमको मृत्युमा गाउँपालिकाले आज(शुक्रबार) सार्वजनिक विदा दिएको हो । उनको ससुराको ९६ वर्षको उमेरमा बिहीबार मृत्यु भएको थियो ।

    गाउँपालिकाका निमित्त प्रमुख प्रशाशकीय अधिकृत विष्णुप्रसाद पोखरेलले सूचना जारी गर्दै गाउँपालिकाका स्वास्थ्य संस्थाबाहेक सबै कार्यालय बन्द हुने जनाएका छन् ।

    गाउँपालिका अध्यक्ष यादव खापुङले गाउँ कार्यपालिका बैठकबाटै निर्णय गरेर सार्वजनिक विदा दिएको बताए । याे खबर  तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाकाे हाे ।

    प्रतिक्रिया दिनुहोस