२०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024

किन प्रवेश गरे खड्ग कार्की एमालेमा ?

  • २०७८ चैत्र २६, शनिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- चम्पादेवी गाउँपालिकामा माओवादी केन्द्रका गाउँपालिका अध्यक्ष खड्गबहादुर कार्की एमालेमा प्रवेश गरेका छन् ।

    माओवादी केन्द्र ओखलढुंगाका प्रभावशाली नेताका रूपमा रहेका कार्की सहित चम्पादेवीमा एक दर्जन माओवादी कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।

    २०४९ सालको स्थानीय निकायको निर्वाचनमा साबिक फूलबारी गाविसका उपाध्यक्ष र २०५४ सालमा अध्यक्ष पदमा नेकपा एमालेको तर्फबाट विजयी भएका थिए ।

    एमाले माओवादी गठबन्धनकाे वकालत गर्दै आएका कार्की माओवादी केन्द्र सत्तारुढ गठबन्धन बाहिर नरहने निश्चित भएपछि कार्की एमाले छिरेका हुन् । उनी अध्यक्षका दावेदार हुन् । एमाले उनलाई टिकट दिने गरि ल्याइएकाे चर्चा छ ।

    कार्यकर्ता तहमा भने चर्काे असन्तुष्टि देखिएकाे छ । एमाले भित्रै उम्मेदवार उकिन गर्न नसकेकाे अवस्थामा कार्कीकाे प्रवेशले पालिका अध्यक्षका दावेदाहरु झस्केका छन् ।

    प्रतिक्रिया दिनुहोस