२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

शनिवार एमालेका ३ भेला: कहाँ कहाँ के- के भयाे ?

  • २०७९ कार्तिक ५, शनिबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- नेकपा एमालेले चुनाव केन्द्रित अभियानलाई तीव्र पारेकाे छ । शनिबार मात्रै एमाले ३ भेला आयाेजना भइरहेका छन् । सदरमुकाम ओखलढुंगामा नेकपा एमालेकाे नगरपालिका स्तरीय अगुवा कार्यकर्ता भेला चलिरहेकाे छ ।

    याे भेलामा नगरभित्रका एमालेका अगुवा कार्यकर्ता र नेताहरु सहभागी छन् । भेलामा पार्टीका नेताहरु र उम्मेदवारहरुले सम्बाेधन गर्ने कार्यक्रम छ । प्रदेश सभा क्षेत्र नं १ का उम्मेदवार अम्बीरबाबु गुरुङ र समानुपातिक उम्मेदवार नेता किशाेर अधिकारीले विशेष सम्बाेधन गर्ने छन् ।

    भेलाले चुनावी रणनीति समेत तयार पार्ने एमालेले जनाएकाे छ । पालिका स्तरका कार्यक्रम सकेर सदरमुकाम आएका प्रदेश सभा क्षेत्र नं १ का उम्मेदवार अम्बीरबाबु गुरुङले जनताले विकास चाहेकाे र विगतमा मन्त्री हुँदा आफुले गरेका कामले जनताले फेरि भारी मतले जिताउने विश्वास व्यक्त गरेका छन् ।

    त्यस्तै  खिजीदेम्वाकाे वडा नं ८ भूसिंगामा पनि एमालेले अगुवा भेला गरिरहेकाे छ । त्यहाँ स्थानीय निर्वाचन परिचालन कमिटी तथा चुनावी रणनीति बारे छलफल हुने प्रदेश कमिटी सदस्य सुदिप सुनुवारले बताए ।

    प्रदेश सभा क्षेत्र नं २ काे मूलखर्कमा पालिका स्तरीय भेला आयाेजना गरिएकाे छ । भेलामा संघीय प्रतिनिधी सभाका उम्मेदवार यज्ञराज सुनुवार र प्रदेश सभा २ का उम्मेदवार ज्ञानबहादुर खड्का जिवीले सम्बाेधन गर्ने कार्यक्रम छ । याे समाचार तयार पार्दा सम्म संघीय प्रतिनिधी सभाका उम्मेदवार यज्ञराज सुनुवारले सम्बाेधन गरेका छन् । उनले चुनावी दाैरान सबै जसाे वडा पुगेकाे र थप उत्साह र एकमना एकताका साथ चुनावी मैदानमा खट्न कार्यक्रता प्रतिवद्ध भएर लागेकाे बताए ।

    निर्वाचनमा प्रतिस्पर्धीहरुकाे गठबन्धन  भए पनि जनता गठबन्धनकाे पक्षमा नरहेकाले आफुले २०७४ कै मतान्तरमा चुनाव जित्ने दावी गरे । उनले त्यसबेला ५ हजार २५३ मतले रामहरि खतिवडालाई हराएका थिए ।

    प्रतिक्रिया दिनुहोस