२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

यज्ञराज र अम्बीरबाबुकाे कमाल: जन्तरखानीमा सयाैं एमालेमा प्रवेश !

  • २०७९ कार्तिक ७, सोमबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा-  नेकपा एमालेले चुनावी अभियान तीव्र बनाएकाे छ । चुनाव प्रचारका लागि रणनीति तयार गर्न पालिका र वडा भेला  सकेकाे एमालेले पार्टी प्रवेशलाई पनि प्रथामिकतामा राखेकाे छ ।

    मनाेनयन दर्तायता एमालेले दर्जनाै नेता तथा सयाैं कार्यकर्ताहरु विभिन्न पार्टी परित्याग गरेर एमाले प्रवेश गरेकाे जिल्ला उपाध्यक्ष हर्कबाेल राई बताउँछन् । आइतबार सिद्धिचरण नगरपालिका वडा नं ६ जन्तरखानीमा माओवादी केन्द्र नेकपा एकिकृत समाजवादी र नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु प्रवेश गरे ।

    एमालेकाे दावी अनुसार  जन्तरखानीका २६५ जना एमालेमा प्रवेश गरेका हुन् । माओवादी केन्द्रका नेता मदनबहादुर मगरको नेतृत्वमा माओवादी, कांग्रेस, जसपा र नेकपा एसका नेता एमाले प्रवेश गरेका थिए ।

    जन्तरखानीका माओवादी, जसपा, कांग्रेस र एसका नेता कार्यकर्ता एमाले प्रवेश गरेको एमाले नेता मनोज मगरले बताए । उनका अनुसार जन्तरखानी एमालेमय बनेको छ । स्थानीय निर्वाचनमा माओवादी र नेकपा एसका वडाअध्यक्ष र सदस्यका उम्मेदवारहरु सबै एमाले प्रवेश गरेका छन् ।

    एमाले केन्द्रीय सदस्य यज्ञराज सुनुवार र पूर्वमन्त्री अम्बिर गुरुङ, जिल्ला अध्यक्ष शंकर कट्वाल, प्रदेश कमिटी सदस्य इच्छाकुमारी गुरुङ लगायतले नव प्रवेशीलाई पार्टीमा स्वागत गरेका थिए ।

    पार्टी प्रवेश गराउने काममा एमाले केन्द्रिय सदस्य तथा प्रतिनिधि सभाका उम्मेदवार यज्ञराज सुनुवार र पूर्वमन्त्री  तथा प्रदेश सभा क्षेत्र नं १ का उम्मेदवार अम्बिर गुरुङले विशेष पहल गरेका थिए ।

    यस अघि पनि नेकपा एस का जिल्ला सचिवालय सदस्य राजन खत्री र मनाेज मगर एमाले प्रवेश गरेका थिए । २०७४ काे निर्वाचनमा पनि सुनुवार र गुरुङकाे टिम चुनावी मैदानमा हुँदा बिजय भएकाे भन्दै एमालेले यस पटक पनि उनीहरुकाे अगुवाइमा जित निकाल्ने दावी गर्दै आएकाे छ ।

     

     

    प्रतिक्रिया दिनुहोस