२०८१ जेष्ठ २, बुधबार | Wed, 15, May, 2024

असार १० गतेसम्म २० देशभर प्रतिशत रोपाइँ

  • २०७७ अषाढ ११, बिहिबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- असार १० गतेसम्म देशभर २० प्रतिशत धान रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयमा बुधबारसम्म प्राप्त देशैभरको तथ्यांक अनुसार कुल दुई लाख ७५ हजार हेक्टर हाराहारी क्षेत्रफलमा धान खेती भईसकेको मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा. हरिबहादुर केसीले जानकारी दिए ।

    ‘असार १० गतेसम्म २० प्रतिशत रोपाइँ सम्पन्न भएको देशैभरको विवरण प्राप्त भएको छ’ डा।केसीले भने । समयमै मनसुन सुरु भएकाले रोपाइँमा कुनै कठिनाई नभएको उनले बताए । नेपालमा कुल १३ लाख ७१ हेक्टर क्षेत्रफलमा धान रोपाई हुनेको मन्त्रालयले जनाएको छ ।

    कोरोनाकाकारण खेतीपातीका लागि जनशक्ति पनि प्रशस्त मात्रामा गाउँमा रहेकाले यसवर्ष धान लगायतका कृषि उत्पादन बढ्ने अपेक्षा मन्त्रालयको छ । जमिन बाँझो नराख्ने सरकारी नीति र कोरोनाकै करण पनि आत्मनिर्भर बन्नकालागि खेती गर्ने चलनमा उल्लेख्य प्रगति भएको मन्त्रालयले जनाएको छ । -अनलाइन खबरबाट

    प्रतिक्रिया दिनुहोस