२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

६.१ प्रतिशतले घट्यो रेमिट्यान्स

  • २०७७ अषाढ १२, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • काठमाण्डाै‌ं- कोरोनाभाइरसको असरले मुलुकमा भित्रिने रेमिट्यान्समा उल्लेख्य कमी आएको छ।
    राष्ट्र बैंकले सार्वजनिक गरेको यस आर्थिक वर्षको साउनदेखि वैशाखसम्मको वित्तीय स्थितिअनुसार गत वर्षको यस अवधिको तुलनामा रेमिट्यान्समा ६.१ प्रतिशतले कमी आएको हो।
    १० महिनामा ६ खर्ब ८० अर्ब ८४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९.६ प्रतिशतले बढेको थियो।
    अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.४ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ९.३ प्रतिशतले बढेको थियो। रेमिट्यान्स मात्रै नभई वैदेशिक रोजगारीमा जानेको संख्यामा पनि उल्लेख्य कमी आएको छ

    प्रतिक्रिया दिनुहोस