२०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024

सुनकाे मूल्य अहिले सम्मकै उच्च, काराेबार ठप्प

  • २०७७ अषाढ १६, मंगलबार मा प्रकाशित ३ साल अघि
  • काठमाडाैं- केही महिनायता सुनको मूल्य आकासिएको छ । सुनको भाउ केही दिन उकालो लाग्ने, अनि केही दिन स्थिर हुने र फेरि उकालो लाग्ने गर्दै आएको छ । सुनको भाउ जतिजति बढ्दै गएको छ, तर कारोबार भने घट्दो छ ।

    सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएपछि सुनचाँदी बजार सुनसान बनेको छ । सरकारले बजेट मार्फत सुनमा कर बढाएको र अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा नेपालमा पनि सुनचाँदीको भाउ बढेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि फाइन गुणस्तरको सुन प्रति तोला ९१ हजार ३ सय रुपैयाँ र तेजाबि सुनको मूल्य ९० हजार ८ सय ६० रुपैयाँ तोकेको छ । त्यस्तै चाँदीको मूल्य प्रतितोला ९ सय ४५ रुपैयाँ तोकिएको छ । सोमबार तोकिएको सुनको मूल्य हालसम्मकै उच्च हो ।

    सुनको भाउ बढेपछि बजारमा सुनका गरगहना बिक्री हुन छाेडेको व्यवसायीले बताएका छन् । व्यवसायीहरुले विवाहको सिजनमा पनि अत्यावस्यक गरगहना बाहेकका कुनैपनि गरगहना बिक्री नभएको बताएका छन् ।

    सुनको मूल्य बढेर भन्दा पनि लकडाउनका कारण मानिसहरु आउन नपाउँदा बजार प्रभावित भएको व्यवसायी बताउँछन् । सुनको मूल्यमा उच्च वृद्धि हुँदा बजारमा गहना खरिद गर्ने भन्दा बिक्री गर्न आउने बढी रहेको व्यवसायीहरुले बताएका छन्।

    प्रतिक्रिया दिनुहोस