२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
काेराेना कहर

आज १ सय ५६ मा संक्रमण, अहिलेसम्म १७ हजार ६ सय संक्रमित

  • २०७७ श्रावण ४, आईतबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा– आइतबार देशभर गरिएको पिसिआर परिक्षणमा १ सय ५६ जना कोरोना संक्रमित फेला परेका छन् । देशभरका २७ प्रयोगशालामा भएका परिक्षणमा ती संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यसरी अहिलेसम्म १७ हजार ६ सय ५८ जना संक्रमित भएका छन् भने निको भएर घर फर्किनेको संख्या ११ हजार ६ सय ३७ रहेको छ ।
    यस्तै अस्पतालमा ५ हजार ९ सय ८३ उपचाररत रहेका छन् ।

    निको हुनेको प्रतिशत ६६.१२ रहेको स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले जनाएकाे छ  ।

    प्रतिक्रिया दिनुहोस