२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

२४ घन्टामा १३३ मा संक्रमण पुष्टि, १०७ जना डिस्चार्ज

  • २०७७ श्रावण ९, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं-  शुक्रबार थप १३३ जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या १८ हजार ३७४ पुगेको हो ।

    बुधबार १०० जना र बिहीबार १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १०७ जनाले कोरोना जितेर घर फर्किएका छन्।

    योसहित कोरोना जित्नेको कुल संख्या १२ हजार ९४७ पुगेको छ। क्वारेन्टाइनमा रहनेको संख्या १९ हजार ४ सय ४४ पुगेको छ। यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा ५ हजार ३८३ जनाको उपचार भइराखेको छ ।

    प्रतिक्रिया दिनुहोस