२०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024

संगठित अपराध कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

  • २०७७ अषाढ २२, सोमबार मा प्रकाशित ३ साल अघि
  • भोजपुर- संगठित अपराध कसुर मुद्धाका फरार प्रतिवादी ट्याम्केमैयुङ गाउँपालिका-८ खनिया खर्क बस्ने ४० वर्षीय मादेन भन्ने मोहन राईलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
    संगठित अपराध कसुर मुद्धामा संलग्न रहि २०७६ फागुन २ गतेबाट फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनकै घरमा लुकिछिपी रहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धना गरिरहेको  जनाएकाे छ ।

    प्रतिक्रिया दिनुहोस