२०८१ जेष्ठ ८, मंगलबार | Tue, 21, May, 2024

समुदायस्तरमै परिक्षण गर्न कांग्रेसकाे जाेड

  • २०७८ बैशाख ३१, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- नेपाली कांग्रेस ओखलढुंगाले कीट सकिएको बहानामा कोरोना परीक्षण कम हुँदा ओखलढुंगामा जोखिम बढेको बताएको छ । कांग्रेसले एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै यस्तो बताएको हो ।
    पार्टी जिल्ला सभापति प्रदीपकुमार सुनुवारद्वारा हस्ताक्षरित विज्ञप्तिमा जिल्लामा जति मात्रामा कोरोना परीक्षण हुनुपर्ने हो, त्यो नभएको जनाइएको छ । विज्ञप्तिमा परीक्षणको दायरा बढाएर लक्षण देखिएका, कन्ट्रयाक्ट ट्रेसिङमा परेका र बाह्य क्षेत्रबाट जिल्ला भित्रिने सबैमा एकसाथ परीक्षण गर्न कांग्रेसले माग गरेको छ ।
    कोरोना रोकथाम र उपचारका लागि स्थानीय सरकारसमेत तयारी अवस्थामा नदेखिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । कांग्रेसले सबै स्थानीय स्तरमा रहेका कोभिड अस्पतनाहरुको क्षमता बढाउन,  अक्सिजन र स्वास्थ्यसामग्री पर्याप्त व्यवस्था गर्ने समेत माग गरेको छ ।

    प्रतिक्रिया दिनुहोस