२०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024

थला परेका व्यवसायलाई निरन्तरता दिन सक्ने गरी नीति आउँदैछ : गभर्नर

  • २०७७ अषाढ ११, बिहिबार मा प्रकाशित ३ साल अघि
  • काठमाण्डौ – नेपाल राष्ट्र बैंकले कोभिड–१९ को कारण थला परेका व्यवसायको पुनर्स्थापनामा सहयोग पुग्ने गरी मौद्रिक नीति ल्याउने भएको छ ।

    कोभिड–१९ सङ्क्रमणको कारण मारमा परेका व्यवसायीहरुले आफ्नो व्यवसायलाई निरन्तरता दिन सक्ने गरी नीति ल्याउने तयारी राष्ट्र बैंकले गरेको हो ।

    राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड(१९ को कारण कसैले पनि व्यवसाय बन्द गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने गरी नीतिहरु बन्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘हाम्रो उद्देश्य कोभिड–१९ को कारणले कोही कसैले मर्न नपरोस्, कुनै उद्यम व्यवसाय स्वास्थ्यको हिसाबले कोही थला नपरोस् भन्ने हो । त्यसको लागि मौद्रिक नीतिले आफूले सक्ने काम गर्ने छ ।’

    अहिले अति प्रभावित, मध्यम प्रभावित, कम प्रभावित व्यवसायहरुको विश्लेषण भइरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘मौद्रिक नीतिका पनि आफ्नै सीमा छन् । सबै कुरा यसैले निराकरण गर्न सक्दैन । यसले वित्तीय क्षेत्रसँग सम्बन्धित नीतिले जुन हदसम्मको उपचार दिन सक्छ, त्यो उपचारमा हामी त्यहाँभित्र आफ्नै किसिमको प्राथमिकीकरण गरेर उपचार खोज्छौँ ।ु

    सरकारले आउँदो आर्थिक वर्ष ७ प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण गरे पनि कोरोनाको अनिश्चितता नहट्दासम्म कुनै पनि कुराको टुङ्गो नहुने उहाँले बताउनुभयो । कोरोना सङ्क्रमणको जोखिम शून्यमा पुगेपछि बजार सञ्चालनमा आएमात्र सरकारले लिएका लक्ष्यहरु प्राप्त हुने उहाँले बताउनुभयो ।

    @Ujyaaloonline बाट

    प्रतिक्रिया दिनुहोस