२०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024

व्यवसायीले मागे ९० प्रतिशतसम्मको सवारी कर्जा सुविधा

  • २०७७ अषाढ ११, बिहिबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- नाडाका प्रतिनिधि मण्डलले बिहीबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग समसामयिक विषयमा छलफल गरेका छन् ।

    नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको पाँच सदस्यिय नाडा प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैङ्कका गर्वनर महाप्रसाद अधिकारीसंग भेटी नेपाल राष्ट्र बैंकले ल्याउन लागेको आर्थिक बर्ष २०७७र७८ को मौद्रिक नीतिले नेपालको समग्र अटोमोवाइल व्यवसायमा पार्ने प्रभाव र त्यसको समाधानबारे विस्तृत छलफल गरेको नाडाले जनाएको छ ।

    नाडा प्रतिनिधि मण्डलले मुलतः राष्ट्रलाई समुन्नत र समृद्ध बनाउन सवारी साधन अपरिहार्य रहेकोले देशभरी सडक सञ्जाल पु¥याउने र प्रत्येक नागरिकलाई आवागमनमा सहजता ल्याउन आफ्नै सवारीसाधन होस् भन्ने नीति आउनु पर्नेमा त्यसको ठीक विपरित कर्जा प्रवाहको सीमामार्फत सवारीसाधनमा नै अंकुश लाग्ने गरी नीति आउनु आफैमा विरोधाभाषपूर्ण भएको बताएको थियो ।

    निजी प्रयोजनका सवारीसाधनमा प्रवाह हुने कर्जा सीमा ५० प्रतिशतसम्म मात्र हुने व्यवस्थालाई पुर्नविचार गरी यस कर्जाको सीमा बृद्धिगरी ९० प्रतिशत पुर्याउनु पर्ने माग गरेको छ ।

    यसबाट सवारी साधन खरिद गर्न चाहनेहरुका लागि सहजता हुने, यसको प्रतिफलस्वरुप ओरालो लागेको सवारी साधनहरुको पैठारीमा सुधार आउने, सरकारको राजश्व प्राप्तिमा स्वभाविक रुपले बृद्धि हुने र देशको अर्थतन्त्र पनि थप चलायमान हुने नाडाकोे विश्वास रहेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस