२०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024

प्रदेश नं १ मा १७ सङ्क्रमित थपिए, ४९ डिस्चार्ज

  • २०७७ अषाढ २५, बिहिबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- प्रदेश नं १ मा  बिहिबार एकै दिन १७ जना काेराेना सङ्क्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङका तीन, झापाका सात र सुनसरीका दुई, तेह्रथुमका एक, ताप्लेजुङ र इलाममा दुई/दुई जनामा नयाँ सङ्क्रमण देखिएको हो ।

    मोरङको लेटाङमा एक र धनपालथानमा दुई, झापाको मेचीनगरमा एक महिलासहित पाँच, विर्तामोड र हल्दिबारीमा एक–एक, सुनसरीको इटहरीमा दुई, तेह्रथुमको लालीगुराँसमा एक, ताप्लेजुङको फुङलिङमा एक महिलासहित दुई र इलामको सन्दकपुरमा दुई जनामा काेराेना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको हो । योसँगै प्रदेशमा सङ्क्रमितको सङ्ख्या ७०२ पुगेको छ ।

    यस्तै प्रदेशमा ४९ सङ्क्रमित निको भई घर फर्केका छन् । निको हुने सङ्क्रमितमा १० महिलासहित ४९ रहेका मन्त्रालयले जनाएको छ । प्रदेशबाट निको हुने सङ्क्रमितको सङ्ख्या ५२७ पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस