२०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024

काेराेना कहर: २ सय ७४ संक्रमित २ सय २७ डिस्चार्ज

  • २०७७ श्रावण १५, बिहिबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- नेपालमा बिहीबार थप २७४ जनामा कोरोना संक्रमण भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ३ सय ४ जनामा गरिएको परीक्षणमा २७४ जनामा संक्रमण भएको हो ।

    बिहीबार डिस्चार्ज हुनेको संख्या २२७ रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार २४८ रहेको छ ।

    हाल सक्रिय संक्रमितको संख्या ५ हजार २२७ जना रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै क्वारेन्टिनमा १३ हजार २०१ जना रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस