२०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024

१० हजारकाे परिक्षणमा २ सय २४ स‌ंक्रमित, उपत्यकामा मात्रै ३८ जना

  • २०७७ श्रावण १६, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ७८६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ  भने काठमाडौं उपत्यकामा मात्रै शुक्रबार ३८ जनामा कोरोना संक्रमण देखिएको छ ।

    काठमाडौंमा ३२, ललितपुरमा ५ जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

    प्रतिक्रिया दिनुहोस