२०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024

सभामुख सापकोटाको कोरोना परीक्षण, के छ रिपोर्टमा ?

  • २०७७ श्रावण १८, आईतबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटामा कोरोना भाइरस संक्रमण नभएको पुष्टि भएको छ । सभामुखको रक्षार्थ खट्ने एक सुरक्षाकर्मीेमा कोरोना देखिएकापछि सापकोटा र सचिवालय टोली सबैको शुक्रबार स्वाब संकलन गरी पीसीआर विधिबाट परीक्षण गरिएको थियो ।

    सभामुख सापकोटासहित सचिवालयका सबैको परीक्षण रिपोर्ट नेभेटिभ आएको प्रेस सल्लाहकार श्रीधर न्यौपानेले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्तालाई उदृत गर्दै जानकारी गराए ।

    स्कर्टिङमा रहेको सवारी साधनमा खटिएका एक सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएपछि स्वास्थ्य प्रोटोकलअनुसार शुक्रबार सभामुख सापकोटासहित स्वकीय सचिवालयका कर्मचारी र सुरक्षाकर्मीको स्वाव संकलन गरी पिसिआर विधिबाट परीक्षण गरिएको थियो ।

    ‘सम्माननीय सभामुख  उहाँकाे  सचिवालय तथा सुरक्षामा खटिएका सुरक्षाकर्मी सबैको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ‘  सल्लाहकार न्याैपानेले भने ।

    प्रतिक्रिया दिनुहोस